मिति २०८२/०४/०९ गते तद् अनुसार २०२५ जुलाई २५ तारीकका दिन लेखनाथ जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारी ज्यूको सभाध्यक्षतामा प्रथम प्रवचनमाला कार्यक्रम सम्पन्न गरियो। , नेपाल जेसीज बर्ष २०२५ को राष्ट्रिय अध्यक्ष ज्युको प्रकरण Rise Together for Better Tomorrow भन्ने विषयमा वक्तृत्वकला कार्यक्रममा वक्ताहरु जेसी रसिसहरी भण्डारी जेसी शिवानी केसी जेसी सुशील ढुंगाना र जेसी प्रबल मणी भण्डारीज्युले प्रस्तुति राख्नुभएको थियो। लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारी र निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का MTOT Cordinator जेसी प्रकाश राईभाटज्यूले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। सदस्यहरुको वाककलामा निखार ल्याउने उधेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा र जेसीज आस्था पाठ सामुहीक भएको थियो, समय सुचकमा जेसी प्रबलमणीज्यू रहनुभएको थियो भने कार्यक्रम संचालन शुक्रबारसरिय प्रवचन माला संयोजक जेसी आकाश बरालज्युले गर्नु गर्नुभएको थियो।