कैलालीमा याद पच्चीस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल जेसीज अन्तर्गतका सुदूरपश्चिम भित्र पर्ने सोह्र शाखाहरु एक मन र एक मत हुने निर्णय सहित याद पच्चीस कार्यक्रम सम्पन्न भएको हो ।
सुदुरपश्चिम भित्र रहेका जेसिज शाखाहरु एकजुट भई माग र मुद्दा लिएर अगाडि बढ्न कार्यक्रमले दुई जनाको नेतृत्वमा अघि बढ्ने निर्णय गरेको छ । नेतृत्वका लागि टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भरत भण्डारी र धनगढी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी आई सेन्टर लोक राज भट्टलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रमले सुदूरपश्चिम भित्र रहेका जेसीज शाखाहरुका हक हितमा टेवा पुग्ने विश्वास गरिएको छ ।