दमक जेसीज सप्‍तमी साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम (असोज १३,२०८२)

2025-11-11
मिति २०८२ साल असोज १३ गते सोमबार सप्तमीका दिन सदा वर्षझैं यस वर्ष पनि दमक जेसीजको आयोजनामा दमक जेसीज सप्तमी साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रम दमक-८ स्थित होटल के.बि.आर मा दमक नगरपालिकाका उपमेयर तथा दमक जेसीजका पूर्ब अध्यक्ष आदरणीय रेगिना भट्टराई प्रसाईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठज्यू, बिशेष अतिथिहरू दमक जेसीजका संस्थापक सदस्य आदरणीय पदम कोईरालाज्यू र दमक जेसीजका पूर्ब अध्यक्ष तथा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष आदरणीय गन्ज बहादुर दाहालज्यूको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा अतिथिहरू दमक उद्योग बाणिज्य संघका अध्यक्ष आदरणीय गोपाल गुरागाईज्यू, मारवाडी सेवा समिति दमकका अध्यक्ष आदरणीय सन्दिप साहेवालाज्यू, छट पूजा समिति दमकका उपाध्यक्ष आदरणीय सुनिल चौधरीज्यू, DPL का केन्द्रीय अध्यक्ष आदरणीय अनु भण्डारीज्यू, नेकपा माओबादी केन्द्र दमक नगर कमिटि अध्यक्ष आदरणीय रबि बस्नेतज्यू, राप्रपा दमक नगर कमिटी अध्यक्ष आदरणीय हेम सुबेदीज्यू, संचारकर्मीहरू आदरणीय बिमल लामिछानेज्यू र सुदिप अधिकारीज्यू , दमक जेसीजका पूर्ब अध्यक्षहरू आदरणीय भागवत बुढाथोकीज्यू, नरेन्द्र बरालज्यू, नेत्र प्रसाद चम्लगाईज्यू, चन्द्र खत्रीज्यू, कमल कट्वालज्यू, गोबिन्दराज कट्टेलज्यू, सुयोग खरेलज्यू, सन्जिब बरालज्यू साथै सिनेटरहरू मैना दाहालज्यू, सीता कार्कीज्यू, गौतम गुप्ताज्यूको गरिमामय उपस्थिति रहेको थियो । साथै कार्यक्रममा दमक जेसीजले मातृत्व प्रदान गरेको कमलनगर शाखाका अध्यक्ष जेसी भीम अधिकारीज्यू र महासचिब मिलन सापकोटाज्यू, गौरादह जेसीजका महासचिब सुमन खत्रीज्यू तथा प्रस्थावित गौरीगन्ज शाखाका अध्यक्ष सृष्टी भट्टराईज्यू लगायतको उपस्थित रहेको थियो। यसरी सप्तमी साँझ, जसले हामीलाई आपसी भेटघाट, आत्मीयता साटासाट र शुभकामना आदान–प्रदान गर्ने अवसर दिन्छ, त्यो परम्परालाई निरन्तरता दिँदै हामी सो कार्यक्रममा एकत्रित भएका थियौं। कार्यक्रम दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी पुजन चौधरीको संयोजकत्वमा भएको थियो भने कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारीले जेसीज आस्था बाचन गर्नुभएको थियो । यसरी दमक जेसीज सप्तमी सांझ तथा शुभकामना आदानप्रदान कार्यक्रमको अन्त्यमा रात्री भोजमा सहभागी भई समापन गरियो ।
जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज















JCI News Archive