आज मिति २०८२ कार्तिक १५गते त्रिभुवननगर जेसीजको आयोजना खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५ का कार्यकारी उपाध्यक्ष जेसी चुडामणि पाण्डे (वावुराम) को अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रिवन्धको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी घोराही शाखाका सभापति थम्मन चौधरी र त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष निशान्त आचार्यले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयोजक जेसी रण बहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।