लेखनाथ जेसीजद्वारा जेसीज सप्ताहमा हरिबोधिनी एकादशीमा निःशुल्क पानी वितरण

2025-11-12

जेसीज सप्ताह २०२५ अन्तर्गत लेखनाथ जेसीजले हरिबोधिनी एकादशीको अवसरमा शनिबार पोखरा–२६ स्थित लामगादीमा भक्तजनलाई निःशुल्क पानी वितरण गरेको छ ।


लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी रहेका थिए ।


कार्यक्रममा जेसीज आस्था  जेसी सुशील ढुङ्गानाले राखेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक जु. जेसी शोभा के.सीले राखेकी थिइन् ।


यस्तै, जेसीज सप्ताह २०२५ अन्तर्गत २०८२ कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरूको समग्र जानकारी मुल संयोजक जेसी रसिसहरि भण्डारीले प्रस्तुत गरेका थिए ।


लेखनाथ जेसीज २०२५ का महासचिव जेसी सर्वेन्द्र न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए भने धन्यवाद मन्तव्य निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का M TOT Coordinator जेसी प्रकाश राइभाटले राखेका थिए ।


भक्तजनहरूलाई सहज र व्यवस्थित रूपमा सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २५ काटुन र १५ जार निःशुल्क पानी वितरण गरिएको थियो । भक्तजनहरूले पाएको सेवा तथा सहुलियतले कार्यक्रम सार्थक रहेको आयोजकले जनाएको छ ।

JCI News Archive