मिती २०८२ साल कार्तिक १५ गते शनिबार लेखनाथ जेसीज सप्ताह २०२५ अन्तर्गत तेश्रो कार्यक्रम स्लो बाइक रेस प्रतियोगिता पोखरा -२७ स्थित तालचोकमा सम्पन्न भयो । लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारी ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ नायक निरीक्षक राजकुमार के . सी रहनु भएको थियो । कार्यक्रममा जेसीज आस्था जेसी आकाश बरालले राख्नुभयो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक सुशील ढुङ्गानाले राख्नु भएको थियो । २०८२ कार्तिक १५ देखि २२ बजे सम्म संचालन हुने सप्ताह कार्यक्रमको सम्पुर्ण जानकारी मुल संयोजक जेसी रसिसहरि भण्डारीले राख्नु भएको थियो । लेखनाथ जेसीज २०२५का महासचिव जेसी सर्बेन्द्र न्यौपानेले संचालन गर्नु भएको कार्यक्रम धन्यवाद मन्तव्य निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२५को M TOT Cordinator जेसी प्रकाश राइभाटले राख्नु भएको थियो । यस कार्यक्रम स्लो बाइक रेसको माध्यमबाट सवारी चालकहरूलाई संयमता, सन्तुलन र सुरक्षित ड्राइभिङको महत्त्वबारे अवगत गराउने उद्देश्यका साथ सञ्चालन गरिएको थियो । यसले चालकमा धैर्य, वाहन नियन्त्रण क्षमता तथा ट्राफिक नियमप्रतिको सजगता अभिवृद्धि गर्ने लक्ष्य रखिएको थियो र प्रतियोगितामा प्रथम ,द्वितीय तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिलाई क्रमश २०, १५ र १० लि पेट्रोल प्रदान गरिएको थियो ।