लेखनाथ जेसीजद्वारा जेसीज सप्ताहमा न्यानो बिद्यालय पोशाक र स्वीटर वितरण कार्यक्रम ।

2025-11-12

लेखनाथ जेसीज सप्ताह–२०२५ अन्तर्गत चौथो कार्यक्रम न्यानो बिद्यालय पोशाक र स्वीटर वितरण कार्यक्रम मिति २०८२ कार्तिक १७ गते, सोमबार पोखरा–३२ स्थित कालिका आधारभूत बिद्यालयमा सम्पन्न भयो।


कार्यक्रमको अध्यक्षता लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारीले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरा महानगपालिका वडा नं ३२ का वडाध्यक्ष अकल बहादुर कार्की रहनुभएको थियो।


कार्यक्रममा जेसीज आस्था जु. जेसी रितिका सुबेदीले राख्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी निशान गौतम परिवारले गर्नुभएको थियो।


जेसी सप्ताह–२०२५ का सम्पुर्ण  कार्यक्रमहरू  कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने सम्पुर्ण कार्यक्रमको जानकारी मूल संयोजक जेसी रसिसहरि भण्डारीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लेखनाथ जेसीज २०२५ का महासचिव जेसी सर्बेन्द्र न्यौपानेले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य अध्यक्ष सल्लाहकार जेसी कमल गौतमले दिनुभएको थियो।


यस कार्यक्रममा बिद्यालयमा अध्ययनरत जेहेन्दार र न्यून स्तरका १७ जना बिद्यार्थीलाई बिद्यालय पोशाक र स्विटर वितरण गरिएको थियो। उक्त कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर र गुणस्तरीय शिक्षामा पहुँच नपाउने बिद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउने हो। कार्यक्रममार्फत बिद्यार्थीहरूलाई पोशाक र स्विटर वितरण गरी उनीहरूको शैक्षिक वातावरण सुधार र अध्ययनमा प्रोत्साहन प्रदान गरिएको थियो।


कार्यक्रममा बिद्यालय प्रशासनका सदस्य र शिक्षकहरूले उपस्थित भई बिद्यार्थीहरूलाई सहयोग र प्रोत्साहन प्रदान गर्नुभएको थियो।

JCI News Archive