मिति २०८२ कार्तिक २२ गते शनिबार लेखनाथ जेसीजले आफ्नो जेसीज सप्ताह २०८२ अन्तर्गत पारिवारिक बनभोज कार्यक्रम , पोखरा–२७, स्थित कवि शिरोमणि लेखनाथ पौडेलको जन्म स्थानमा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा लेखनाथ जेसीज, लेखनाथ जुनियर जेसीज सदस्य, जेसीज परिवारका सदस्य र शुभचिन्तकहरू उत्साहपूर्वक सहभागी रहेको थियो । कार्यक्रममा लेखनाथ जेसीजको मातृ शाखा पोखरा जेसीज र मातृत्व प्रदान गरेको शुक्लागण्डकी जेसीजको सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण र यादगार बनाएको थियो ।
कार्यक्रममा विशेष रूपमा पूर्व अध्यक्षहरू उपस्थितिले कार्यक्रम अझै रमाइलो र सम्मानित बनाएको थियो।
एकता, सहभागिता र परिवारिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । यस प्रकारका कार्यक्रमहरूले लेखनाथ जेसीजलाई अझ बलियो, जीवन्त र सृजनशील बनाउने विश्वास जगाएको छ ।