जेसीज सप्ताह २०२५ को सप्ताह समापन कार्यक्रम सम्पन्न

2025-11-12

लेखनाथ जेसीज वर्ष २०२५ द्वारा आयोजना गरिएको ‘जेसीज सप्ताह २०२५’ को समापन समारोह २०८२ कार्तिक २२ गते, शनिबार सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष तथा लेखनाथ जेसीज २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विभिन्न कार्यक्रमहरू सफलतापूर्वक समापन गरिएको घोषणा गरिएको थियो।


समापन समारोहमा कार्यक्रम संयोजक जेसी शिवानी के.सी. ले स्वागत मन्तव्य राख्दै सप्ताहभर सञ्चालन भएका विविध गतिविधिमार्फत समुदायका लागि सार्थक योगदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ जेसीजका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. ३ का वडा सदस्य रहेको बताइएको छ। प्रमुख अतिथिले ब्यानरमा हस्ताक्षर गर्दै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।


कार्यक्रमका मुल संयोजक तथा लेखनाथ जेसीज २०२५ का कार्यकारी उपाध्यक्ष जेसी रसिस हरि भण्डारीले जेसीज सप्ताह २०२५ अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै सबैका सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनका अनुसार सप्ताहका कार्यक्रमहरू यसप्रकार रहेका थिए–

१) पोखरा–३३ मा भक्तजनलाई निःशुल्क पानी वितरण

२) पोखरा–२७ मा ट्राफिक सचेतना कार्यक्रम

३) पोखरा–२७ मा स्लो बाइक रेस प्रतियोगिता

४) पोखरा–३२, कालिका आधारभूत विद्यालयमा न्यानो विद्यालय पोशाक वितरण

५) पोखरा–२७, अर्चलेमा पारिवारिक बनभोज कार्यक्रम

६) पोखरा–२७, अर्चलेमा समापन समारोह


कार्यक्रममा लेखनाथ जेसीज मातृशाखाका अध्यक्ष जेसी भाइराज रानामगर, शुक्लागण्डकी जेसीजका अध्यक्ष जेसी प्रकाश बी.के., लेखनाथ जेसीजका पूर्व अध्यक्ष नेत्रपाणी बास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


समापन कार्यक्रममा कार्यसमिति सदस्यहरू, लेखनाथ जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्षज्यूहरू, स्थानीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारज्यू तथा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन लेखनाथ जेसीज वर्ष २०२५ का महासचिव जेसी सर्वेन्द्र न्यौपानेले गरेका थिए।


JCI News Archive