मिति २०८२ साल मंसीर १ गते सोमबारका दिन दमक जेसीजको जेसीज सप्ताह २०२५ कार्यक्रम अन्तर्गत ‘THEME SEMINAR’ (IMPACT, ACHIEVEMENT & CHALLENGES OF GEN-Z MOVEMENT ON LOCAL GOVERNMENT) कार्यक्रम दमक-९ स्थित दमक बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न गरियो।कार्यक्रम दमक बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष आदरणीय ढुण्डीराज भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमहरूको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठज्यू, अतिथि दमक जेसीजका संस्थापक सदस्य आदरणीय पदम कोईरालाज्यू, अतिथिहरू नेपाल जेसीज क्षेत्र ‘क’ तालिम आयक्त आदरणीय खड्ग ब.थापाज्यू, दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख आदरणीय पारस आचार्यज्यू, स्वबियु सभापति भुवन बस्नेतज्यू लगायत अन्य पदाधिकारीहरू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी भागवत बुढाथोकीज्यू, सिनेटर लोक बहादुर अधिकारीज्यू, जेसी रमेश अधिकारीज्यू, जेसी चन्द्र खत्रीज्यू, सन्जिब बरालज्यू, जेसी मुकेश अग्रवालज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सिनेटर बिष्णु पौडेलज्यू, सिनेटर मैना दाहालज्यू, संचारकर्मीहरु सुजन गौतम र रूबिश कार्की लगायतको उपस्थिति रहेको थियो । जेसीज सप्ताह २०२५ अन्तर्गतको दोस्रो कार्यक्रम ‘THEME SEMINAR(IMPACT, ACHIEVEMENT & CHALLENGES OF GEN-Z MOVEMENT ON LOCAL GOVERNMENT’ कार्यक्रममा बक्ताहरू दमक न.पा का कार्यबाहक नगरप्रमुख आदरणीय भीम प्रसाद पौडेलज्यू, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठज्यू लगायतले स्थानीय सरकारमा Gen-Z आन्दोलनका प्रभाव, उपलब्धि र चुनौतीहरू बिषयमा आफ्ना महत्वपूर्ण भनाईहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम जेसीज सप्ताह मूल संयोजक कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी, कार्यक्रमका संयोजकजनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीको संयोजकत्वमा भएको थियो भने प्रकरण निर्देशक जेसी पंकज पोखरेलले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो । सप्ताह २०२५ अन्तर्गतको दोस्रो कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज