२०८२ मंसिर ६ गते शनिबार त्रिभुवननगर जेसीजकाे आयोजनामा १ दिने संसदीय व्यवस्था प्रणाली तालिम सफलतापूर्वक सम्पन्न भएको छ । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत अनन्तकाे अध्यक्षता एवम् घोराही उपमहानगरपालिका–१५ नं. का वडा अध्यक्ष रमेश कुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न तालिमकाे प्रमुख प्रशिक्षकका रूपमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष माधव प्रसाद पौडेल रहनु भएकाे थियाे । तलिममा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज र लमही जेसीजका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक खेमराज भण्डारीकाे स्वागत मन्तव्यबाट शुभरु भएकाे सञ्चालन महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो।