पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ दिन संस्थागत निरन्तरता, सुशासन र नेतृत्व सुदृढीकरणलाई केन्द्रमा राखेर कुस्मा न.पा.६ जेसीज चोकमा जेसीज बोर्ड स्थापना कार्यक्रम सम्मानित आतिथ्य तथा उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष क्लबका अध्यक्ष निर्मल विश्वकर्माको विशेष उपस्थितिले समारोहलाई उल्लेखनीय गरिमा प्रदान ग¥यो । साथै बोर्ड अफ ट्रस्टीजका संयोजक विषम कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू राजन जोशी, अशोक गुरुङ, उषा चापागाइँ, तथा २०२५ बोर्डका पदाधिकारीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई संस्थागत पहिचान र निरन्तरता दुवै दृष्टिले महत्वपूर्ण बनायो ।
कार्यक्रमको संयोजन जेसी सपना पौडेलले गरेको गर्नुभएको थियो । उहाँले स्वागत मन्तव्य प्रस्तुति गर्दै बोर्ड स्थापना केवल संरचना निर्माण नभई जेसीजको दीर्घकालीन दिशानिर्देशन, नीतिगत स्थिरता र भविष्य–उन्मुख योजनाको जग भएको बताउँदै सबै अतिथि, पूर्व पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा जेसीजका विभिन्न शाखामा योगदान पु¥याउँदै आएका वरिष्ठ नेतृत्वदाताहरूले अनुभव तथा मार्गदर्शन बाँड्दै बोर्ड स्थापना जस्ता गतिविधिहरूले संगठनलाई दीर्घकालीन दिगोपन, पारदर्शिता र प्रभावकारी सञ्चालनतर्फ उन्मुख बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सप्ताहको मुख्य संयोजन जेसी शर्मिला शर्माले निरन्तर रूपमा सम्हालिरहनुभएको छ भने कार्यक्रम महासचिव जेसी प्रवेशराज पुरीको व्यवस्थापन कौशलले सम्पूर्ण कार्यक्रम थप शालीन, अनुशासित र प्रभावकारी बनेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले बोर्ड स्थापना संस्थाको मेरुदण्ड रहेको बताउँदै यो संरचनाले संगठनको आगामी वर्षका योजना, नीति र परियोजनालाई अझ सुदृढ र दिशानिर्देशित बनाउने उल्लेख गर्नुभयो । उहाँले “युवाको निर्माण, संस्थाको पहिचान र समुदायको हित यही नै जेसीजको आधार रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सबै प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । पर्वत जेसीजका अनुसार, पाँचौँ दिन सम्पन्न भएको जेसीज बोर्ड स्थापना कार्यक्रमले संगठनको सुशासन, नेतृत्व विकास र संस्थागत स्थिरता सुनिश्चित गर्ने अभियानलाई झनै मजबुत बनाएको छ, जसले आगामी वर्षका सम्पूर्ण गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।