स्याङ्जाको वालिङमा रहेका विद्यालय, क्याम्पस तथा कार्यालयहरुमा गरिएको ६ दिने डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालीम सम्पन्न भएको छ ।वालिङ जेसीजद्वारा आयोजित GIZ MEG Diaspora Expert Program, Germany सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा जर्मनीमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ता (AI) Diaspora Expert गौरव तिवारीले “Empowering Women and Young Girls through Digital Skills, Cyber Security, and Financial Literacy” तालीम मिति २०८२/०७/२८ गते शुक्रबार सम्पन्न भएको हो । वालिङ जेसीजद्वारा आयोजित GIZ MEG Diaspora Expert Program सहकार्यमा यो तालिम कार्तिक २३ देखि कार्तिक २८ गतेसम्म गरिएको हो ।
वालिङ जेसीको आयोजनामा गरिएको उक्त तालीममा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, डिजिटल उपकरणहरूको सुरक्षित प्रयोग, साथै कृत्रिम बुद्धिमत्ता (AI) मार्फत सिकाइ र उत्पादकता बढाउने जस्ता विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वस्तरको डिजिटल ज्ञान आवश्यक छ भन्दै मुख्य प्रशिक्षक तथा डायस्परा एक्सपर्ट तिवारीले आँफुले जर्मनीमा आर्जेको सिप आफ्नै जन्मथलामो आएर सिकाउन र भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्स क्षेत्रमा करियर खोज्ने युवतीहरूलाई पढाउने अवसर पाउनु निकै सन्तोषजनक रह्यो भन्दै वालिङ जेसीजलाइ धन्यवाद दिनुभयो । साथै वालिङ जेसीजका अध्यक्ष जेसी संदिप कंडेलले उक्त कार्यक्रममा जेसीजले आगामी दिनहरुमा GIZ MEG Diaspora Expert Program, Germany सँग समन्वय गरी यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने र नेपाली नागरिकहरुको व्यक्तित्व र नेतृत्व विकासमा सदैव क्रियाशील भइ कार्य तथा विभिन्न कार्यक्रमहरु संचालन तथा समन्वय गर्ने भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।