बुधबारे जेसीजको प्रथम बोर्ड बैठक सम्पन्न

2026-01-30

बुधबारे जेसीजको प्रथम बोर्ड बैठक सम्पन्न

बुधबारे, झापा — बुधबारे जेसीज वर्ष २०२६ को प्रथम बोर्ड बैठक बुधबारे जेसीजका अध्यक्ष जेसी कुशल अधिकारीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको वार्षिक योजना सहित संस्थाका विभिन्न समसामयिक विषयहरूमा छलफल गरिँदै सर्वसम्मत निर्णयहरू गरिएको थियो।

सम्पूर्ण जेसीज बोर्डका पदाधिकारी तथा सदस्यज्यूहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकको सञ्चालन वर्ष २०२६ का महासचिव जेसी विनोद रिजालज्यूले गर्नुभएको थियो भने जेसीज आस्था पाठ उपाध्यक्ष जेसी अञ्जन वाग्लेले वाचन गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) को गरिमामय आतिथ्यता रहेको थियो।

साथै, सोही अवसरमा तेन्जिङ नोर्गे होमस्टे, बुद्धशान्ति–३ का सञ्चालकद्वय उमेश पाठकज्यू तथा स्वस्तिका पाठकज्यूले नव–निर्वाचित बुधबारे जेसीज वर्ष २०२६ का बोर्ड पदाधिकारी, मनोनीत पदाधिकारी तथा सम्पूर्ण जेसीज सदस्यज्यूहरूलाई सम्मान सहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो

JCI News Archive