मिति २०८२ माघ महिना को ५ गते
सोमबारको दिन इनरुवा जेसिजको सचिवालयमा इनरुवा जेसिज वर्ष २०२६ को संयुक्त बोर्ड
बैठक तथा प्रथम बोर्ड बैठक सम्पन्न गरेको छ। वर्ष २०२६ का अध्यक्ष जेसी मनोज
निरौला को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन वर्ष २०२६ का
महासचिव जेसी मिलन पौडेलज्यूले गर्नुभएको थियो। संयुक्त बोर्ड बैठकबाट वर्ष २०२५
का अध्यक्ष तथा वर्ष २०२६ का लागि निवर्तमान अध्यक्ष जेसी सत्यनारायण यादव ज्यूले
वर्ष २०२६ का अध्यक्ष जेसी मनोज निरौलालाई माइनोट ग्याबेल विधान र संस्थाको छाप
दिएर संयुक्त बोर्ड बैठक सम्पन्न भएको थियो। बैठकमा विभिन्न प्रस्तावहरूमा छलफल
गरी निर्णय समेत गरिएको थियो।