Nepal Jaycees द्वारा Skill Development Committee को Advisor पदमा नियुक्त हुनुभएकोमा JC Siddharth Tated लाई सम्मान गरिएको छ।
Rajbiraj Jaycees वर्ष २०२६ का अध्यक्ष JC Rabi Kumar Ray ले आज जेसीज भवनमा आयोजित एक कार्यक्रमबीच तातेडलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष रायले आफ्नो मन्तव्यमा तातेडको नियुक्तिले राजबिराज जेसीजको गौरव बढाएको उल्लेख गर्दै उहाँको अनुभव, नेतृत्व क्षमता र समर्पणले राष्ट्रिय स्तरमा संस्थाको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले उक्त अवसरमा नेपाल जेसीज का अध्यक्ष JC Jiban Karki लाई धन्यवाद व्यक्त गर्दै योग्य नेतृत्वलाई अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले तातेडको योगदान, नेतृत्व यात्रासहित संस्थाप्रति उहाँको समर्पणको प्रशंसा गरेका थिए। सम्मानित व्यक्तित्व तातेडले धन्यवाद ज्ञापन गर्दै प्राप्त जिम्मेवारीलाई संस्थाको उद्देश्यअनुसार प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त सम्मान कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।