बेनी, म्याग्दी | २०८२ फागुन २४ गते
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याग्दी जेसीज द्वारा “एक महिला – एक विरुवा ????” कार्यक्रम सम्पन्न गरिएको छ। बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रम जेसि दिनेश कुमार विश्वकर्मा ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि सन् २०१२ का शाखा अध्यक्ष जेसी रस्मिता श्रेष्ठ रहनु भएको थियो। प्रमुख अतिथि श्रेष्ठले महिलाको नेतृत्व, सहभागिता र वातावरण संरक्षणमा महिलाको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्दै प्रत्येक महिलाले एक विरुवा रोपेर वातावरण संरक्षणमा योगदान गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर आमा समूहको विशेष सहभागिता रहेको थियो। साथै जेसीज पदाधिकारी, सदस्यहरू , पुर्व अध्यक्ष हरु तथा स्थानीय व्यक्तिहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विभिन्न प्रजातिका विरुवाहरू रोपेर वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने सन्देश दिइएको थियो। उक्त कार्यक्रम जेसी सिर्जना थापा मगरको संयोजकत्वमा सम्पन्न भएको थियो।