रगत अभाब भए पछि लमही जेसिज द्रारा बृहत रक्तदान शिबिर ।
फागनु २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रगत अभाव देखिएपछि दाङको लमहीमा बृहत् रक्तदान शिवर सञ्चालन गरिएको छ।
निर्वाचनको अवधिभर लमही क्षेत्रमा रक्तदान शिवर नभएको र जसका कारण अस्पतालमा रगतको अभाव देखिएपछि शनिबार रक्तदान शिविर सञ्चालन गरेर रगत संकलन गरिएको छ।
लमही जेसीज लगायतका चार वटा संस्थाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरि रगतको आपूर्तिलाई सहज बनाइएको छ। ‘लमही सहित दाङ क्षेत्रमा रगतको अभाव हुन थालेपछि लमही जेसीज सहित अरु संस्थासङ्ग समन्वय गरेर सबै मिलेर शिविर आयोजना गरेका हौँ’ बिगतका वर्ष जस्तै यो वर्षपनी बर्षै भरी रेडक्रस सोसाइटी लमहीमा गइ रक्तदान गर्ने रक्तदातालाई फलफुलको व्यवस्था गरिनेछ" लमही जेसीजलाइ अध्यक्ष जय प्रकाश पौडेलले भने,‘सामाजिक समस्यालाई सामुहिक रुपमा सम्बोधन गर्ने गरी काम गरिरहेका छौँ र आगामी दिनमा पनि यसैगरी सबैको साथ र सहयोगमा गर्दै जानेछौ’ अध्यक्ष पौडेलले भने ।
आगामी दिनमा पनि संयुक्त रुपमा सामजिक समस्यालाइ सहजीकरण गर्न हामी एकरुपता भएर लाग्ने लमही जेसीजका उपाध्यक्ष एवम कार्यक्रम सम्योजक तथा रोट्याट क्लबका निवर्तमान अध्यक्ष रुपक खनालले भने ।
शिविरमा स्थानीय जुम्ल्याह दाजुभाई प्रविण पौडेल र प्रभाव पौडेलले रक्तदान गरेसँगै शिविर सुरु भएको थियो। अर्का विद्यार्थी तथा जेसी बसन्त गोराथोकी रक्तदान गर्न पाउँदा खुसी व्यक्त गर्छन्। ‘पहिलो पटक रक्तदान गर्ने अवसर जुर्यो ’ उनले भने भने,‘अब नियमित रक्तदान गर्छु।’
कार्यक्रममा लमही जेसीज वर्ष २०२६ का पदाधिकारी लगाएत अरु संस्थाका पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा युवा विद्यार्थी स्व:स्फूर्त सहभागी भएका थिए भने १८ जनाले रक्तदान गरेका थिए । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको सन्चालन लमही जेसीजका महासचिव जेसी केशब दिपक शर्माले गर्नुभएको थियो ।