बालाजु जेसीजद्वारा स्नेह भोजन वितरण कार्यक्रम सम्पन्न।

2026-03-28

बालाजु जेसीज बर्ष २०२६ को आयोजनामा नवजीवन परोपकार समाज (बृद्धा आश्रम) तारकेश्वर ७ मा स्नेह भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

स्वर्गीय कृष्णहरि महर्जनको वार्षिक पुण्यतिथिको अवसर पारेर उहाँका सुपुत्रहरु बाबु काजी महर्जन र अशोक महर्जन, बुहारी मिरा महर्जन र छोरी ज्वाईहरुको संयुक्त उपस्थिति तथा बालाजु जेसीजको सहकार्यमा एक मानविय तथा सामाजिक कार्य सम्पन्न गरिएको छ। उक्त अवसरमा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई स्नेहपूर्वक भोजन वितरण कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा उपस्थित वृद्धवृद्धाहरूलाई सम्मानका साथ भोजन गराउँदै स्वर्गीय आत्माको चिरशान्तिको कामना गरिएको थियो। परिवारले आफ्नो बुबाको सम्झनामा समाजप्रति सकारात्मक योगदान दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उक्त स्नेह भोजन कार्यक्रमले वृद्धाश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकहरूमा खुशी र अपनत्वको अनुभूति दिलाएको थियो। सहभागीहरूले यस किसिमका मानवीय कार्यहरू समाजका लागि प्रेरणादायी हुने धारणा व्यक्त गरेका थिए।


JCI News Archive