संसदीय प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम, साँखु, काठमाडौँ

2026-03-31

JCI Nepal को मार्गदर्शन तथा JCI Sankhu, JCI Budhanilkantha र JCI Manohara को संयुक्त आयोजनामा “संसदीय प्रणाली” सम्बन्धी प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

साँखुस्थित Devi Forest Resort मा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई संसदीय अभ्यास, बैठक सञ्चालन प्रक्रिया, प्रस्ताव प्रस्तुति, निर्णय प्रणाली तथा नेतृत्व विकासका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साँखु जेसिजका संस्थापक अध्यक्ष लब कुमार श्रेष्ठ हुनुहुन्थ्यो भने प्रशिक्षकका रूपमा सुनील तिमिल्सेना (Past NEVP) ले संसदीय प्रणालीको व्यवहारिक प्रयोग, बैठक सञ्चालनको विधि तथा नेतृत्व क्षमताको विकासबारे सहभागीहरूलाई प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभयो।

कार्यक्रम जलजला बचत तथा ऋण सहकारी संस्था को प्रायोजनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा चार वटा शाखाबाट अठ्ठाईस जना सहभागीहरूले प्रशिक्षण प्राप्त गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा साँखु जेसिज परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

जय जेसिज।

JCI News Archive