शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम

2019-10-22

जेसीआई पोखराको आयोजनामा नेपाली पर्वहरु दशैं, तिहार, नेपाल सम्वत् र छठको अवसरमा शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रम कार्तिक २ गते शनिवार कार्कीडाँडा, पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा जेसीआई पोखराका पूर्व अध्यक्षज्यूहरु, विभिन्न शाखाका शाखा अध्यक्षज्यूहरु र सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु जेसीआई पोखराका पदाधिकारी, साधारण तथा नवआगन्तुक सदस्यहरुको परिवार सहित उपस्थिति रहेको थियो । जेसीआई पोखराका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसी बलराम कुंइकेलले आस्थापाठ गर्नुभएको थियो भने स्वागत मन्तव्य व्यवसायिक विकास क्षेत्रका उपाध्यक्ष जेसी सन्तोष ओझाले राख्नुभएको थियो । शुभकामना आदानप्रदानको क्रममा पूर्व अध्यक्षहरुको तर्फबाट निर्मल प्रसाद कर्माचार्य र निवर्तमान अध्यक्ष तथा जेसीआई नेपाल क्षेत्र “ख” तालिम आयुक्त जेसी शिव सुवेदीले मन्तव्य राख्नुभएको थियो । त्यसपश्चात उपस्थित अतिथिज्यूहरु, जेसी सदस्यहरुबिच शुभकामना आदानप्रदानका साथमा विभिन्न खेल, नृत्य र भोजनका साथमा रमाइलो गरि कार्यक्रम सम्पन्न भएको थियो । महासचिव जेसी शक्ति

JCI News Archive