जेसीज सप्ताह २०१९ को तेश्रो कार्यक्रम २०७६ कात्तिक २६ गते मंगलबार पर्यटन वर्ष २०२० विषयमा आयोजित साविक लेखनाथ नगरपालिकामा रहेका माध्यामिक विद्यालयका विद्यार्र्थीहरुको प्रतिभा प्रस्फुटन गर्न टेवा पु¥याउनका लागि पोखरा २७ तालचोकमा आयोजित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्षता तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख श्री काशीराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । उक्त विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्णायककामा लेखनाथ जेसीजका पूर्व अध्यक्ष श्री ऋषिराम जमरकट्टेल, मातृशाखा पोखरा जेसीजका पुर्व अध्यक्ष एवम् नाटा पश्चिमाञ्चालका अध्यक्ष श्री सन्तोष पोख्रेल र हिसान कास्कीका अध्यक्ष श्री डा. राम्जी शर्मा गरी तिन (३) जना रहनुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माध्यामिक विद्यालयकी विद्यार्थी श्री निश्चा शर्मा प्रथम, चिर्गादी बोर्डिङ्गकी विद्यार्थी श्री स्वेच्छा अधिकारी, न्यू लेखनाथ पब्लिक एकेडेमीकि विद्यार्थी श्री विष्णु खड्का, ज्ञानज्योति विद्याकुञ्जकी विद्यार्थी श्री विवेकी पौडेल सान्त्वना हुन सफल हुनुभएको थियो । यस कार्यक्रमको कार्यक्रम संयोजक लेखनाथ जेसीज वर्ष २०१९ का उपाध्यक्ष जेसी मनोज बराल रहेका थिए ।