८ औं पद हस्तान्तरण एवं पुरस्कार वितरण कार्यक्रम

2020-02-03

तुलसीपुरनगर जेसिज वर्ष २०२० को ८औं पद हस्तान्तरण एक भव्य समारोहका बिच सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी मेघराज घिमिरेको अध्यषता एवं नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी अशोक शंकरको प्रमुख आतिथ्यता एवं नेपाल जेसीज वर्ष २०२० को कार्यकारीणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, जेसी शोभा खरेलको विशिष्ट रहनुभएको कार्यक्रमा विशेष्ढा अतिथिका रुपमा राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल रहनुभएको थियो । उक्त कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न सामाजिक संघ संस्था, राजनैतिक दल, बुद्धिजीवी, शिक्षा प्रेमीहरुको उल्लेखनीय सहभागीमा भएको थियो । साथै उहाँहरुले २०१९ को कार्यसमितिलाइ धन्यवाद तथा नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रोजेक्ट ः ८औं पद हस्तान्तरण एवं पुरस्कार वितरण समारोह
स्थानः होटल वेष्टर्न पार्टी प्यालेस तुलसीपुर, दाङ

मिति : 11 January, 2020
अध्यक्षताः जेसी मेघराज घिमिरे (अध्यक्ष वर्ष २०१९)
प्रमुख अतिथिः जेसी अशोक शंकर (राष्ट्रिय अध्यक्ष वर्ष २०२०)
विशिष्ट अतिथि ः जेसी लालमणि भण्डारी (राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष वर्ष २०२०)
विशिष्ट अतिथि ः जेसी शोभा खरेल(राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष वर्ष २०२०)
विशेष अतिथि ः जेसी रमा प्याकुरेल (राष्ट्रिय उपाध्यक्ष वर्ष २०२०)
कार्यक्रम संयोजक ः जेसी मदन गौतम
आस्थापाठ ः जेसी बसन्त भण्डारी
कार्यक्रम सञ्चालक ः जेसी मोहन सुनार (महासचिव वर्ष २०१९)


जेसीजद्वारा सम्मानीत व्यक्तिहरु ः
- शिक्षा क्षेत्रमाः विष्णुकुमार देवकोटा
- पत्रकारीता क्षेत्रमा ः दिपक बोहरा
- व्यवसायिक क्षेत्रमा ः अम्मर खनाल


जेसीजमा अवार्डद्वारा सम्मानित हुने व्यक्तिहरुः
- बेष्ट प्रोजेक्टः जेसी पूर्ण विक्रम डाँगी
- उत्कृष्ट सहभागीता ः जेसी चुडामणि कँडेल
- जेसीज अफ द एर ः जेसी नेत्रलाल भट्टराई

JCI News Archive