30 जनवरी, 2020
लमही जेसीज बर्ष २०२० का उपाध्यक्ष जेसी किशन भट्टराईको संयोजकत्वमा साँझ ६ बजे लमही बजारमा ज्ञात अज्ञात सहिदलाई सम्झी मौन धारण सहित दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो । बर्ष २०२० की अध्यक्ष जेसी सपना पाण्डे अध्यक्षता, लमही नगरपालिकाका नगर प्रमुख श्री कुल बहादुर केसी ज्युकोे प्रमुख आतिथ्यता एवं लमही खानेपानीकी उपाध्यक्ष एवं पत्रकार लिला शाह ज्यु, लमही जेसीजका पुर्व अध्यक्ष शोभाकर घिमिरे, शेषमणि गौतम, उमाकान्त चौधरी, जेसी बसन्त भण्डारी, शिवशंकर गुप्ता ज्यु को विशिष्ट आतिथ्यमा,समाजसेवि बुद्धिजिविको संलग्नतामा श्रद्धाञ्जली मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको छ ।
प्राजेक्ट : सहिद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम
स्थान ः लमही चौराहा