नेपालगंज जेसीजको आतिथ्यतामा बहुशाखा लोम अफिसर तालिम सम्पन्न

2020-02-23

     नेपालगंज जेसीज वर्ष २०२० को कार्यभार सम्हाले लगत्तै अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठले सामुहिक्तामा जोड दिदै बहुशाखा तालिमलाई प्राथमिकता दिनु भएको थियो । सोही अनुरुप यस क्षेत्रमा भएका छिमेकी शाखाहरु काेहलपुर जेसीज, तुल्सीपुरनगर जेसीज, त्रिभुवननगर जेसीज, दांग महिला जेसीज र लमही जेसीज संग छलफल गरी संयुक्त रुपमा बुहशाखा पदाधिकारी तालिम सम्पन्न भएको हो । सबै शाखा अध्यक्षहरु र पदाधिकारीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपाल जेसीज क्षेत्र घ का लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेलज्यूकाे प्रमुख अाथित्यतामा कार्यक्रम सु सम्पन्न भयाे । तालिममा जेसीअाइ सिनेटर मिलन गुरूंग प्रमुख प्रशिक्षककाे रूपमा र पूर्व राष्टिय उपाध्यक्ष जेसी सुमन कृष्ण श्रेष्ठ तथा पूर्व राष्टिय कार्यकारिणि उपाध्यक्ष जेसी अमिस ढकाल ज्यूले प्रशिक्षकको रुपमा सहजिकरण गर्नु भएको थियो ।

सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको तालिम विहान १० बजे देखि बेलुकी ६ बजे सम्म सञ्चालन भएको थियो । समापन समारोहमा लमहि जेसीज वर्ष २०२० की अध्यक्ष सपना पाण्डे पण्डितले सम्पूर्ण सहभागीहरूकाे प्रतिनिधीकाे रूपमा बाेल्दै तालिम उपलब्धि मुलक रहेको र अागामि दिनहरूमा पनि यस्ता कार्यक्रम बहुशाखा नै गर्नु पर्ने प्रतिक्रिया दिनु भएको थियो । यस्तै तालिममा सम्बोधन गर्दै नेपाल जेसीज क्षेत्र घ को लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यूले कार्यक्रम कार्यक्रमको लागि मात्र नभई प्रभावकारी पनि हुनु पर्ने र यसै गरि शाखाहरूमा सामिप्यता पनि रहिरहनु पर्ने कुरामा उपस्थित सम्पूर्ण शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई सुझाव दिनु भएको थियो ।


JCI News Archive