“मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने भावनाबाट प्रेरित देवचुली जेसीजका उपाध्यक्ष जेसी सुनिल न्यौपानेले करिव ८ लाख बराबरको जग्गा देवचुली नगरपालिका वडा नं ९ को वडा कार्यालय निमार्णका लागि प्रदान गर्नु भएको छ । जेसीजमा लागेर मानवता सेवा, व्यक्तीको व्यवसायिक स्वतन्त्रता र बसुधाको महान निधीले आफुलाई प्रभाव पारेको कुरा कार्यक्रमलाई सम्बोदन गदै न्यौपानेले बताउनु भयो । मंसिर २८ गते एक कार्यक्रम आयोजना गरि औपचारिक रुपमा हस्तातरण गरिएको थियो भने सोहि कार्यक्रममा जग्गा दाताहरुलाई सम्मान पनि गरिएको थियो । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रोशन गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ९ को वडा कार्यालयको सिलान्यास गाहा र देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले सयुक्त रुपमा गर्नु भएको थियो । सो जग्गा तुलसी प्रसाद कंडेल, देवराज पौडेल, चोक नारायण भुषाल र जेसी सुनिल न्यौपानेले सयुक्त रुपमा प्रदान गर्नु भएको थियो । सो जग्गाको कुल मुल्य ३२ लाख बराबरको रहेको थियो ।