फाल्गुुुन २७ रङ्ग हरुको पर्व होलीको अवसरमा अत्तरिया जेसीज वर्ष २०२० ले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शान्ती र सभ्यताका साथ होली पर्व मनाउनुका साथै विश्वलाई नै आतंकित पारेको नोबेल कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको अत्तरिया जेसीज वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशी, अत्तरिया जेसीज वर्ष २०१६ का अध्यक्ष तेज खड्का, वर्ष २०१८ का अध्यक्ष कमल कडायत, वर्ष २०१९ का अध्यक्ष गणेश शाह लगायतको सहभागीता रहेको थियो । अत्तरिया जेसीज वर्ष २०२० का कानुनी सल्लाहकार पदम राज ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव हर्क बहादुर कडायतले गरेका थिए ।
यसैगरी अत्तरिया जेसीज वर्ष २०२० ले कोरोना भाईरस सम्बन्धी जनचेतना फैलाउन अत्तरियाक्षेत्रका विभिन्न सामुदायीक विद्यालय एवम् बसपार्कमा ब्यानर लगाउने भएको छ । अत्तरिया जेसीजले अत्तरियाक्षेत्रका सामुदायीक विद्यालयहरु दुर्गालक्ष्मी नमुना मावी, सुप मावी बनखेत, गुहेश्वरी मावी, नवज्योती आधारभुत विद्यालय, ग्वासी मावी र अपांगता भएका बालबालीकाहरु अध्ययनरत सुप आधारभुत विद्यालयमा कोरोना भाईरस सम्बन्धी विभिन्न सन्देशहरु भएका ब्यानरहरु लगाउने भएको हो । त्यस्तै अत्तरियामा रहेको बसपार्कमा पनि उक्त भाईरस सम्बन्धी जानकारी दिन ब्यानर लगाईने वर्ष २०२० का अध्यक्ष अधिकारीले बताए । मानिसहरुको भिडभाड बढी हुने ठाउँमा कोरोनाको जोखिम बढी हुने भन्दै सरकारले विभिन्न सभा, समारोह तथा कार्यक्रमहरु आयोजना नगर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि कोरोना भाईरसको उच्च जोखीममा रहेको बताउदै अध्यक्ष अधिकारीले कोरोना भाईरसका लक्षण एवम् त्यसबाट कसरी बच्न सकिन्छ