त्रिभुवननगर जेसिज सचिवालयमा आईसोलेसन वार्ड

2020-04-20

त्रिभुवननगर जेसिज सचिवालयमा आईसोलेसन वार्ड

घोराही, १० चैत

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामकालागी दाङमा पनि गैरसरकारी संघसंस्था एवं सामाजिक संस्थाहरुले सहयोगका लागी तयार भएको बताईरहेका छन् ।

त्रिभुवननगर जेसिजले पनि विपत्तिको समयमा सँगसँगै रहनकालागी आफ्नो भवन आईसोलेसन वार्डकालागि आफ्नो सचिवालय दिने निर्णय गरे पश्चातल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगके समन्वयमा १० बेडको आईसोलेसन वार्ड निर्माण गरिएको महासचिव मिनराज भाटले जानकारी दिनुभयो ।

‘विश्वभर कोरोना भाईरसको सक्रमण फैलिरहेकाले दाङमा त्यस्तो अवश्था नआओस् तर आईहाल्यो भने हामी आईसोलेसन वार्ड जेसिजको सचिवालयमा निमाूण गरेको महासचिव भाटले भन्नुभयो­ ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय पश्चात सचिवालयमा डाक्टरसाबहरु, स्थानीय निकायको सल्लाहमा आइसोलोसन वार्ड बनाउन सचिवालय प्रदान गरिएको हो ।

यस अघि पनि त्रिभुवननगर जेसिजले कोरोनासम्बन्धी सचेतना तथा सावधानी विषयक कार्यक्रम बृहत अन्तरक्रिया कार्यक्रम जिल्लाका सरोकारवालाहरुसँग गरेको थियो ।

JCI News Archive