बुटवल लेडी जेसीसको आयोजनामा अनलाइन योगा कक्षा सम्पन्न

2020-04-26

बुटवल लेडी जेसीसको आयोजनामा २ दिने अनलाइन योगा कक्षा आइतबार सम्पन्न भएको छ ।

विश्वव्यापी कोरोना महामारीको प्रकोपबाट सुरक्षित रहन व्यक्तिगत सरसफाईका साथै मानसिक रूपमा स्वस्थ रहन र पूर्विय दर्शन योग, ध्यान प्राणायामको माध्यमबाट सहयोग पुर्याउने उद्देश्यले बुटवल लेडी जेसीजले  बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना पाण्डे  अध्यक्षतामा  यो अभियान शुरु गरेको  यस अभियानमा पहिलो दिनको औपचारिक कार्यक्रम र सैद्धान्तिक योगा कार्यक्रम जुम अनलाइनबाट गरिएको थियो सो औपचारीक कार्यक्रममा करिव ५० जनाले अनलाइनबाटै सहभागिता जनाएका थिए ।

विश्वभरि छरिएर रहेका सम्पूर्ण योगा प्रेमीलाई मध्यनजर गर्दै दोस्रो दिनको कार्यक्रम बुटवल महिला जेसिसको आधिकारिक फेसबुकबाट समेत बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

योगा कक्षा प्रमुख प्रशिक्षक, मनोक्रान्ति का योग प्रशिक्षक, नेशनल योगा च्याम्पियनसिपका गोल्ड मेडलिस्ट, आत्मजागरण इन्टरनेशनलका चेयरम्यान गम्भीर श्रेष्ठले  लकडाउनका कारण बाहिर हिड्डुल गर्न नमिल्ने र शरीर भारी हुने हुदा योगा गर्नु उपयुक्त हुने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
मातृशाखा बुटवल जेसीस बर्ष २०२०का अध्यक्ष जेसी राजीव गौतमले बुटवल महिला जेसिसले सुरुवात गरेको अनलाइन योगा कक्षा शारीरिक तन्दुरुस्त राख्न सहयोग पुग्ने भन्दै प्रसम्सा गर्नुुुभयो । अनलाइन योगामा सस्थाका प्रमुख सल्लाहकार, सल्लाहकहरु, पूर्व अध्यक्षहरु एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरुको सहभागिता रहेको थियो


JCI News Archive