२०७६/१२/३०
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19 ) का कारण बनेको प्रतिकूलता लाई अनूकुलतामा रूपान्तरण गर्न यसको रोकथाम तथा नियन्त्रणका लागी सुनवल नगरपालिकाले स्थापना गरिएको विशेष राहत कोषमा नगर द्वारा आह्वान गरिएको एक द्वार प्रणालीलाई अंगिकार गर्दै सुनवल नगरपालिका नगर प्रमुख श्री भिम बहादुर थापा क्षेत्रीज्यु तथा उप प्रमुख श्री दधिराम अर्यालज्युलाइ रामनगर जेसिजका तर्फबाट रामनगर जेसीज अध्यक्ष जेसी भोजराज पौडेल द्वारा १७,५००/-(सत्र हजार पाँच सय रुपियाँ) को चेक रामनगर जेसीजका मानार्थ सदस्य तथा सुनवल नगरपालिका वडा अध्यक्ष जेसी यमलाल पाण्डे, रामनगर जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी युवराज भुसाल, महासचिव जेसी जयराम बस्याल, र उपाध्यक्ष जेसी डिल्लीराम सुबेदीको उपस्थितिमा हस्तान्तरण गरियो।