तेस्रो दिन काठमाडौं जेसिजद्वारा खाद्यान्न सहयोग

2020-05-08

२४ बैशाख २०७७

लकडाउनका कारण समस्यामा परेकाहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका घरेलु कामदार, श्रमीक, ज्यालामज्दुरी गरिखाने वर्ग, अपाङ्ग, जनाआन्दोलनका घाइते ,एकल महिला लगायतका पिडितहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

काठमाडौं जेसिजले आज  काठमाडौं तथा ललितपुर स्थित धोबिघाट, गोकर्ण, ताहाचल, टिकाथली, लगनखेल, गुज्जेश्वरी, कपुरधारा, सुनधारा, मुलपानी, कालोपुल, जोरपाटी, मनमैजु लगायतको ठाउमा २० परिवारका १८० जनालाई एक महिनालाई पुग्ने गरी खाद्यान्न वितरण गरिएको छ ।

खाद्यान्न वितरणका लागि काठमाडौं जेसिजको टिम उनीहरु बसेकै ठाउँमा पुगेको हो।

यस अघि पनि काठमाडौं जेसिजले काठमाडौको विभिन्न ठाउका समस्यामा परेका मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।


JCI News Archive