काठमाडौ जेसिज बाट लगातार चौथो दिन सहयोग

2020-05-08

२५ बैशाख २०७७

लकडाउनका कारण समस्यामा परेकाहरुलाई लायन्स क्लब अफ काठमाडौ हेरिटेज धरहरा र काठमाडौं जेसिजको संयुक्त पहलमा खाद्यान्न वितरण गरिएको छ।

यस विषम परिस्थितिमा पनि विश्व बन्धुत्वको भावाना, मानविय सेवालाई आत्मासाथ गर्दै कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउनका कारण घरेलु कामदार, श्रमीक , ज्याला मजदुरी गरिखाने वर्ग, अपाङ्ग , एकल महिला लगायतका पिडितहरुलाई काठमाडौं तथा ललितपुर स्थित धोबिघाट, गोकर्ण, ताहाचल, टिकाथली, लगनखेल, गुज्जेश्वरी, कपुरधारा, सुनधारा, मुलपानी, कालोपुल, जोरपाटी, मनमैजु लगायतका ठाँउका २० परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सामाग्री ( चामल, दाल, तेल, नुन, साबुन , बिस्कुट ) वितरण गरिएको छ ।

राहत वितरण कार्यमा लायन्स क्लबका अध्यक्ष बर्ष २०२०/२१ प्रसाद गुरुङ, लायन शक्ति श्रेष्ठ ( पहिलो उपाध्याय) साथै काठमाडौ जेसिजका कानुनी सल्लाहकार जेसि कैलाश श्रेष्ठ ,जेसि निरज खतिवडा र जेसि प्रकाश श्रेष्ठ को सहभागीता रहेको थियो ।  

 


JCI News Archive