बुटवल लेडीद्वारा तीनदिने अनलाइन योगा सम्पन्न

2020-05-12

मिती २०७७/०१/२८ गतेदेखि ३० गतेसम्म जेसीआई बुटवल लेडी द्वारा आयोजित तीन दिवसीय अनलाइन योगा कक्षा सम्पन्न भएको छ ।
जेसीआई बुटवल लेडी का उर्जाशील अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षता एवं पतन्जली योग समिति रुपन्देही, शिक्षा विभाग प्रमुख ,योगगुरु श्री हरि प्रसाद पौडेल ज्यू को प्रमुख प्रशिक्षणमा भएको उक्त कार्यक्रम जेसीआई बुटवल लेडी का सम्पूर्ण सदस्यहरुको शारिरीक एवं मानसिक तन्दुरुस्ततालाई मध्यनजर गरि आयोजना गरिएको थियो ।
जेसीआई बुटवल लेडी वर्ष २०२० का उपाध्यक्ष जेसी वेदना पाण्डे ज्यूको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जेसीआई बुटवल लेडीका धरोहर पूर्व अध्यक्ष ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , छिमेकी शाखा जेसीआई सिद्धार्थ लेडीका अध्यक्ष, महासचिव एवं अन्य पदाधिकारी ज्यूहरुको पनि गरिमामय उपस्थिति रहेको थियो ।
अनलाइन योगा कक्षा को पहिलो दिनको कार्यक्रममा जेसीआई बुटवल लेडीका अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यूको आस्था पाठ, संयोजक जेसी बेदना पाण्डे ज्यूको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका निवर्तमान अध्यक्ष जेसी लक्ष्मी थापा ज्यू ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आज तीन दिवसीय कार्यक्रमको अन्तिम दिनको कार्यक्रममा जेसीआई बुटवल लेडीका सदस्य वृद्धि संयोजक जेसी महिमा कुँवर ज्यू को आस्था पाठ, कार्यक्रम संयोजक जेसी वेदना पाण्डे ज्यूको स्वागत मन्तव्य, निवर्तमान अध्यक्ष जेसी लक्ष्मी थापा ज्यू को शुभकामना मन्तव्य, छिमेकी शाखा जेसीआई सिद्धार्थ लेडी का अध्यक्ष ज्यू को मन्तव्य, पूर्व अध्यक्ष जेसी उर्मिला श्रेष्ठ ज्यूको तालिम अनुभव सहितको मन्तव्य, जेसीआई सिद्धार्थ लेडी का महासचिव जेसी गीता गैरे बन्जाडे ज्यू को तालिम अनुभव सहितको मन्तव्यका साथै संस्थाका तालिम संयोजक जेसी कमला लम्साल ज्यूको धन्यवाद मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन जेसीआइ बुटवल लेडी का महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यू ले गर्नु भएको थियो ।



JCI News Archive