करिब दुई महिनादेखि लकडाउनका कारण सबै भन्द बढी मारमा परेका गन्धर्व समुदायका लागि जेसीआई त्रिभुवननगरले राहत जुटाएको छ । जेसीजले गन्धर्व समुदायका लागि २६ बोरा चामल र नुन वठा अध्यक्ष कुल बहादुर लामिछानेलाई हस्तान्तरण गरेको छ ।
घाोराही उप–महानगरपालिका वडा नं. ११को नयाँ वस्तीका गन्धर्व समुदाय लकडाउनका कारण भोकै बस्नुपर्ने समस्या रहेको वडा अध्यक्ष कुल बहादुर लामिछानेले बताउनुभयो । दैनिक मजदुरी गरी खाने परिवारका लागि जेसीआई त्रिभुवननगर भगवान जसरी आएको र भविष्यमा पनि यसै प्रकारका समाजिक उर्जाको कार्यलाई निरन्तताका अपेक्षा गरेको भन्दै वडा अध्यक्षले जेसीज साँच्चीकै मनकारीहरुको संस्था रहेको बताउनुभयो । जेसीआई त्रिभुवननगरका अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव मिनराज भाट, निवर्तमान अध्यक्ष जवसन्तराज अधिकारी र तालिम निर्देशक रोशन दाहलले गन्धर्व समुदायका लागि वडा अध्यक्षलाई राहत हस्तान्तरण गर्नुभएको हो ।
गन्धर्व समुदायका ३६ घर परिवार बस्ने ६ सय ४५ जनालाई प्रतिव्यक्ति पाँ किलोको दरले राहत हस्तान्तरण गरिएको हो । जेसीआई त्रिभुवननगरले घोराही उप–महानगरपालिकाका ५,११,१३,१४,१५,१६,१८ र १९ का विभिन्न परिवारलाई राहत वितरण गरिरहेको छ ।