रामनगर जेसीज द्वारा सामुदायिक क्वारेन्टिन स्थल सरसफाइ एवं व्यवस्थापन कार्यक्रम

2020-05-28

रामनगर जेसीज द्वारा रामनगर जेसीज बर्ष २०२० का अध्यक्ष जेसी भोजराज पौडेलको अध्यक्षता सुनवल नगरपालिका वडा नं १२का वडाध्यक्ष  यमलाल पाण्डे को प्रमुख आतिथ्यमा सुनवल नगरपालिका वडा नं १२ बाट भारत लगायत विभिन्न मुलुकबाट आउनुहुने दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सुरक्षित रूपमा राखी कोरोना भाईरस समाजमा फैलिन नदिने उद्देश्यक साथ सुनवल नगरपालिका वडा नं १२ द्वारा निर्माण गर्न गइरहेको १०० जना क्षमता भएको सामुदायिक क्वारेन्टिन स्थल सरसफाइ एवं व्यवस्थापन कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा रामनगर जेसीजका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी, पुर्व अध्यक्ष जेसी भोजराज चापागाई, मानार्थ सदस्य जेसी तिलकराम बस्याल, जेसीजका पदाधिकारी तथा सदस्यहरू र विभिन्न संघसंस्थाका प्रतिनिधि प्रतिनिधिहरू सामाजिक दुरी कायम गर्दै सहभागी हुनुभएको थियो। उक्त कार्यक्रममा सामुदायिक क्वारेन्टिन का संयोजक तथा वडाध्यक्ष यमलाल पाण्डे, रामनगर जेसीजका स्थापक अध्यक्ष जेसी डोलराज भण्डारी र रामनगर जेसीज बर्ष 2020 का अध्यक्ष जेसी भोजराज पौडेलले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम रामनगर जेसीजका खेलकुद संयोजक जेसी रमेश पराजुलीको संयोजकत्व र महासचिव जेसी जयराम बस्यालको संचालनमा संपन्न भएको थियो। 


JCI News Archive