रामनगर जेसीज द्वारा विरूवा गोडमेल तथा मलजल एवं वृक्षारोपण कार्यक्रम

2020-06-05

विश्व वातावरण दिवसको अवसरमा आज रामनगर जेसीजले रामनगर जेसीज बर्ष 2020 का अध्यक्ष जेसी भोजराज पौडेलको अध्यक्षता, सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष तथा रामनगर जेसीज का मानार्थ सदस्य यमलाल पाण्डे को प्रमुख आतिथ्यता, रामनगर जेसीजका वातावरण निर्देशन जेसी वाबुराम चापागाईको संयोजकत्वमा रामनगर जेसीजले ग्रीन रामनगर प्रोजेक्टको अवधारणा अनुरूप भुमही चोक र शान्ति चोकमा लागेका १०० भन्दा बढी विरूवा गोडमेल तथा मलजल र आवश्यक ठाउँमा विरुवा रोपी सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डे र रामनगर जेसीजका संस्थापक अध्यक्ष जेसी डाेलराज भण्डारी, र रामनगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष जेसी भोजराज चापागाई उक्त कार्यक्रम मानव जाति र पर्यावरण जोगाउन का निम्ति अहम भूमिका निर्वाह गर्ने कुरामा जोड दिदै जेसीजले गरेका कार्यक्रम हरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका वारेमा अध्यक्षले प्रकाश पार्नुभएको थियो। कार्यक्रममा रामनगर जेसीजका पूर्व अध्यक्ष जेसी ढुण्डीराज भट्टराई, मानार्थ सदस्य जेसी तिलकराम बस्याल र जेसी सूर्य न्यौपाने रामनगर जेसीजका पदाधिकारी, सदस्य, पत्रकार र सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा सामाजिक दुरी कायम गरी संपन्न भयको थियो। कार्यक्रम रामनगर जेसीज महासचिव जेसी जयराम बस्यालको संचालनमा भएको थियो।


JCI News Archive