सतासीधाम जेसीजद्रारा १ हजार वृक्षारोपण

2020-06-07

“०५ जुन २०२०” को विश्व वातावरण दिवसको अवसरमा, सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका ११ वटै वडाका १४ स्थान तथा बजार र २ सामुदायिक विद्यालयमा विभिन्न प्रजातिका १ हजार भन्दा बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरेको छ ।
नेपाल सरकारको सन् २०१५–२०३० को दिगो विकासका १७ लक्ष्यहरुमध्ये १३ नम्बरमा लक्ष्यमा रहेको जलवायु परिवर्तनको प्रभाव र असरलाई न्यूनिकरण उदेश्य स्वरुप नेपाल जेसीजको राष्ट्रिय अभियान “एक बिरुवा, मेरो जिम्मेवारी” अन्र्तगत रहेर शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका धरमपुर, शुक्रेबार, मंगलबारे, पाराबारी, बोलोचौक, जनता बजार, पाँचगाछी, शिवगञ्ज, चन्द्रडाँडागी, व्याङ्गडाँडा, डुडाँमारी, झिलझिले, दुधे, माईधार गरी १४ बजार तथा स्थान र झिलझिले तथा राष्ट्रिय रमणीय आदर्श माध्यमिक सामुदायिक विद्यालयमा गरी विभिन्न प्रजातिका १ हजार भन्दा बढी रोप्ने कार्य सम्पन्न गरेको सतासीधाम जेसीज, वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु)ले बताए।
बृहत वृक्षारोपण कार्यमा शिवसताक्षी नगरपालिकाका नगर उपप्रमुख भोजकुमारी नेपाल, वडा नं. १ का अध्यक्ष सुबास राई, वडा नं. ८ का अध्यक्ष केहर सिंह बस्नेत, नगरसभा सदस्यहरु भाष्कर सिटौला, मन बहादुर श्रेष्ठ, नारायण प्रसाद रिजाल, राष्ट्रिय रमणीय आदर्श मा. वि. प्रधानाध्यापक काली प्रसाद रिजाल, सतासीधाम जेसीज, वर्ष २०२० का सल्लाहकार संंयोजक पुष्पलाल पाण्डे लगायत सतासीधाम जेसीज पदाधिकारी तथा कार्यक्रम ज्यूहरु र सबै वृक्षारोपण स्थलमा थानीय समाजसेवी, व्यवसायी र स्थानीय बासिन्दाहरुको भव्य सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रम सतासीधाम जेसीज, वर्ष २०२० का महासचिव जेसी विवेक ढकाल र क्षमता विकास संयोजक जेसी पदम कुँवरले संयोजन गरेका थिए ।

JCI News Archive