उपमहानगरपालिका स्तरीय मा. वि कविता प्रतियोगिता सम्पन्न

2020-06-10

मिती २०७७/०२/२८ बुधवार
                        जेसीआई बुटवल लेडी को आयोजनामा नेपाल जेसीजको "मेरो देश म आफै बनाउँछु"राष्ट्रिय अभियान अन्तर्गत "मेरो देश म आफै बनाउँछु " शिर्षकमा रहेर अन्तर मा.वि. उपमहानगरपालिका स्तरीय कविता प्रतियोगिता सफल,सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
        जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको यस प्रतियोगिता कार्यक्रममा हामीले नेपाल प्रज्ञा प्रतिष्ठान बाल साहित्य विभागका प्राज्ञ डा.देवी नेपाल ज्यूलाई प्रमुख अतिथि को रुपमा पाएका थियौ भने बौद्धिक व्यक्तित्व प्राध्यापक डा .हिरण्यलाल ज्ञवाली ज्यू ले बिशिष्ट अतिथि को रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
        नेपाल जेसीजको राष्ट्रिय अभियान अन्तर्गत रहेर गरिएको उक्त साहित्यिक कार्यक्रममा जेसीजका ढुकढुकी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर ज्यूको गरिमामय उपस्थिति एवं उहाँको शुभकामना मन्तव्य रहेको थियो ।
    नेपाली साहित्यको मुहान भनेर चिनिने हाम्रै उपमहानगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थी भाइबहिनीहरुको साहित्यिक प्रतिभालाई प्रस्फुटन एवं पहिचान गर्ने उद्देश्यले गरिएको उक्त कविता प्रतियोगिता कार्यक्रममा छन्दवादी समाज नेपाल का संस्थापक अध्यक्ष एवं छन्द अभियन्ता कविराज पौडेल ज्यू ले निर्णायक संयोजक को महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने निर्णायक मण्डलमा प्रखर छन्दकवि बलाराम दाहाल ज्यू र लोकप्रिय साहित्यकार तथा राजनितीज्ञ सरिता श्रृष जी रहनुभएको थियो ।
        बुटवल उपमहानगरपालिका भित्र रहेका १६ वटा बिद्यालयका १६ जना प्रतियोगी विद्यार्थी भाइबहिनी को प्रस्तुती रहेको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी ज्यूहरु,नेपाल जेसीजका बिभिन्न विधाका संयोजक ज्यू हरु,जेसीआई बुटवल लेडीका पूर्व अध्यक्ष ज्यू हरु, सल्लाहकार ज्यूहरु, नेपाल जेसीजका बिभिन्न शाखाका शाखा अध्यक्ष ज्यू हरु,पदाधिकारी ज्यूहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरु,आदरणीय विद्यालय प्रतिनिधि ज्यूहरु आदी गरि करिब ९० जनाको गरिमामय उपस्थिति रहेको थियो ।
          कार्यक्रममा कार्यक्रमका संयोजक एवं जेसीआई बुटवल लेडी का का.का.उपाध्यक्ष जेसी संगीता ढकाल ज्यूको स्वागत मन्तव्य, संस्थाका उपाध्यक्ष जेसी वेदना पाण्डे ज्यूको आस्था पाठ,जेसीआई बुटवल लेडी का पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार जेसी ज्ञानधरा पन्त ज्यू को शुभकामना मन्तव्य तथा साहित्यिक प्रस्तुती, नेपाल जेसीजको मेरो देश म आफै बनाउँछु राष्ट्रिय अभियानका संयोजक जेसी श्याम सुन्दर पौडेल ज्यू को शुभकामना मन्तव्य, नेपाल जेसीजका क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यू को शुभकामना मन्तव्य एवं साहित्यिक प्रस्तुती रहेको थियो ।
          कार्यक्रमको समापन शत्रमा जेसीआई बुटवल लेडी कीपूर्व अध्यक्ष जेसी उर्मिला श्रेष्ठ ज्यू को मन्तव्य एवं साहित्यिक प्रस्तुती, पूर्व अध्यक्ष जेसी रुपा पाण्डे ज्यूको मन्तव्य, कान्ति मावि का शिक्षक प्रतिनिधी तारा गौतम ज्यूको मन्तव्य रहेको थियो, त्यस्तै गरि नेपाल जेसीजका क्षमता अभिवृद्धि संयोजक सिनेटर रुक्मिणी सिग्देल ज्यूको शुभकामना मन्तव्य एवं साहित्यिक प्रस्तुती ,जेसीआई शुद्धोधनको अध्यक्ष जेसी चुडामणि डुम्रे ज्यू को शुभकामना/बधाई मन्तव्य, जेसीआई कपन का अध्यक्ष जेसी रुपेश भट्टराई को शुभकामना/बधाई मन्तव्य, एवं हाम्रो मातृशाखा बुटवल जेसीस का अध्यक्ष जेसी राजीव गौतम ज्यूको शुभकामना/बधाई मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन जेसीआइ बुटवल लेडी का महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यू ले सञ्चालन गर्नुभएको थियो ।
              आजको प्रतियोगितामा बिजयी हुनु हुने विद्यार्थी भाइबहिनी को नामावली यस प्रकार रहेको छ:-
प्रथम:प्रवेश आचार्य (न्यू होराइजन मा वि)
द्वितीय:गरिमा उपाध्याय (अक्सफोर्ड उ मा वि)
तृतीय: घनश्याम घिमिरे (दीप बोर्डिङ स्कुल)
सान्त्वना: वविता भट्टराई (कालिका मा वि)
सान्त्वना: रक्षा नेपाली (उजिर सिं मा वि)
    सम्पूर्ण विजयी भाइ बहिनीहरु एवं समस्त प्रतियोगी भाइबहिनी हरुमा बधाई तथा उज्जवल भविष्य को कामना सहित उनिहरुलाई मार्गनिर्देशन गर्ने विध्यालय एवं शिक्षक प्रतिनिधि ज्यूहरु लाई बिशेष सम्मान प्रकट गर्न चाहन्छौं ।
धन्यवाद जय जेसीज ????????
महासचिवः जेसी अनुपमा श्रेष्ठ
संयोजक:जेसी संगीता ढकाल
अध्यक्ष:जेसी कल्पना पाण्डे

JCI News Archive