Agreement with local government to do collaborative work

2020-07-28

काठमाडौं ,साउन १३।

कपन जेसिसले बुढानिलकण्ठ नगरपालिकालाई विभिन्न कार्यक्रम तथा गतिविधि समेटेर प्रस्तावना बुझाएको छ।केहि समय अगाडी विभिन्न समसामयिक विषयहरु राखेर नगरपालिकालाई ध्यानाकर्षण बुझाएको जेसिसले नागर प्रमुखको आग्रह स्वीकार गर्दै सो प्रस्तावना बुझाएको हो।

कपन जेसिजले बुढानिलकण्ठ नगरपालिका संग सहकार्य गरेर एक घर दुई बिरुवा अभियान, युबालाई सिर्जनात्मक कार्यमा परिचालन, कौसी खेती, महिला सशक्तीकरण, युबा बिकास र स्वोरोजकार तालिम,सडक किनारामा बृक्षारोपण, बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्षहरु लगायत पदाधिकारीहरुलाई बैठक संचालन,एसडिजि र यसको असर सम्बन्धि तालिम,फोहोर ब्यबस्थापन प्रकृयामा काम गर्ने जस्ता विषय समेटेर प्रस्तावना पत्र बुझाएको हो।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा सहितको उपस्थितिमा प्रस्तावना पत्र बुझ्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले सिर्जनात्मक कार्यमा सहकार्य गर्ने योजनालाई स्वीकार गर्दै कपन जेसिज संगको समन्वयमा अगाडी बढने बताएका थिए।

सो अवसरमा नेपाल जेसिज एरिया ‘सि’ का थिम डाईरेक्टर तथा कपन जेसिजका पुर्ब अध्यक्ष झनक बहादुर अधिकारी (दिपक),कपन जेसिज बर्ष २०२० का अध्यक्ष रुपेश भट्टराई,कपन जेसिजका पुर्ब अध्यक्ष होम बहादुर(मनोज) अधिकारी, कपन जेसिजका कार्यक्रम सिनियर ईभिपी नवराज बन,कार्यक्रम संयोजक रिता थपलिया, कपन जेसिजका डाईरेक्टर बरुण कुईकेलको उपस्थिति रहेको थियो।

https://kapanonline.com/archives/90759

JCI News Archive