सिद्धार्थ जेसीज द्वारा संस्कृत विद्याश्रममा खाद्यान्न तथा पंखा वितरण

2020-08-10


जेसीआर्इ सिद्धार्थ, नेपालले मिति २०७७ साल श्रावण २६ गते सिद्धार्थनगर वडा नं. ०३ मा अवस्थित संस्कृत विद्याश्रममा खाद्यान्न तथा पंखा वितरण गरेको छ । कार्यक्रमको सभाध्यक्षता सिद्धार्थ जेसीज वर्ष २०२० का अध्यक्ष जेसी भुवन राणाले गर्नुभएको थियो । सिद्धार्थनगर वडा नं. ०३ का अध्यक्ष श्री थानेश्वर पौडेल ज्यु प्रमुख अतिथी, संस्कृत विद्याश्रमका प्रमुख संरक्षक श्री कृष्ण भण्डारी ज्यू अतिथी रहनुभएको थियो । कार्यक्रमको संचालन जेसी संचित भट्टरार्इ, कार्यक्रम संयोजन जेसी हुमाकान्त भुसाल,स्था पाठ जेसी पंकज यादव ले गर्नु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष, संचालक समितिका सदस्यहरू, अध्ययनरत बटुकहरूको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा पंखा, चामल, दाल, चिउरा, आँटा, तेल, आलु जस्ता विभिन्न खाद्य सामाग्रीहरू हस्तान्तरण गरिएको थियो ।


JCI News Archive