लमही जेसीजको जेसीज सप्ताह मिति २०७७/०६/०८ गते देखि २०७७/०६/१४ गते सम्म हुन गैइरहेको कार्यक्रमको आज पहिलो दिन उदघाट्न तथा वृक्षा रोपण कार्यक्रम रहेको थियो उक्त कार्यक्रममा अध्यक्षता गर्नु भएका लमही जेसीज २०२० कि अध्यक्ष जेसी सपना पाण्डे ज्यु, प्रमुख अतिथि लमही नगरपालिका तथा लमही नगर विकास समितिका प्रमुख कुल बहादुर के.सी. ज्यु, बिशिष्ट अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी ज्यु, कार्यक्रमका अतिथि लमही जेसीज २०२० का नि.बर्तमान अध्यक्ष जेसी शिव शंकर गुप्ता ज्यु, लमही जेसीजका पुर्ब अध्यक्ष जेसी हरि बहादुर कुवर ज्यु, जेसी भरत कुमार सुनार ज्यु, जेसी उमाकान्त चौधरी ज्यु, जेसी बसन्त कुमार भण्डारी ज्यु, दाङ महिला जेसीज २०२० कि अध्यक्ष जेसी जेसी जिबा भुसाल ज्यु, नेपाल पत्रकार महासंघ कि उपाध्यक्ष लिला शाह, लमही नगरपालिकाका प्रेस संयोजक शिबु खनाल, पत्रकार ॐ प्रकाश गुप्ता, ससस्त्र प्रहरी बलका प्रहरी निरीक्षक, ट्राफिक प्रहरीका प्रमुख, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक, रोटरी क्लबका अध्यक्ष लगायतका बिशिस्ट व्यक्ति रहनु भएको थियो कार्यक्रममा कार्यक्रम संयोजक जेसी निर्मला चौधरीको स्वागत मन्तव्यले सुरु भएको कार्यक्रममा लमही जेसीज २०२० का प्रकरण निर्देशक तथा २०२० जेसीज सप्ताह कार्यक्रमका सप्ताह संयोजक जेसी दुलम दास चौधरी, लमही जेसीजका पुर्ब अध्यक्ष जेसी उमाकान्त चौधरी, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारी, लमही नगरपालिका तथा लमही नगर विकास समितिका प्रमुख कुल बहादुर के.सी., लमही जेसीज २०२० कि अध्यक्ष सपना पाण्डे ज्युहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो उक्त कार्यक्रमको सन्चालन तथा सहजीकरण लमही जेसीज २०२० को महासचिव जेसी जय प्रकाश पौडेलले गर्नु भएको थियो।