लमही जेसीजको जेसीज सप्ताहको तेस्रो दिन निलसागर आश्रममा अत्यावश्यक सामग्री बितरण

2020-09-25

"मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ।" भन्ने मुल उद्देश्यका साथ लमही जेसीजको आयोजनामा संचालित जेसीज सप्ताहको आज तेस्रो दिन #निलसागर_अशक्त_असाय_तथा_जेष्ठ_नागरिक_सेवा_केन्द्र_सिसहनिया मा लमही जेसीजका आजको कार्यक्रम सम्योजक जेसी मुकेश चौधरीको सम्योजकत्तोमा लमही जेसीजका पुर्व अध्यक्ष जेसी हरि बहादुर कुवर,उमाकान्त चौधरी,वसन्त कुमार भण्डारी एबम निबर्तमान अध्यक्ष जेसी शिव शंकर गुप्ता , निलसागर आश्रमका प्रेस संयोजक एवम पत्रकार ओम प्रकाश गुप्ता लगाएतका ब्यक्तिहरुको आतिथ्यता, निलसागर असाय अशक्त तथा जेष्ठ नागरीक सेवा केन्द्र सिसहनियाका शाखा अध्यक्ष डा. प्रकाश बिष्ट को प्रमुख आतिथ्यता एबम लमही जेसीज बर्ष 2020 कि अध्यक्ष जेसी सपना पाण्डेय ज्युको सभाध्यक्षमा मानसिक सन्तुलन गुमायका व्यक्ति, घरपरिवार गुमायका जेष्ठ नागरिक, अशक्त असाय गरि ३१ जना व्यक्तिहरु रहेको उक्त आश्रमका लागि दैनिकी रुपमा आवश्यक पर्ने अत्यावश्यक खाद्यान्न तथा ४ थान टेबल र १२ थान कुर्सी लगाएतका सामाग्री सहयोग गरि आजको तेस्रो दिनको जेसीज सप्ताह कार्यक्रम सुसम्पन्न गरियो । आजका कार्यक्रम मा कार्यक्रम सम्योजक जेसी मुकेश चौधरी ज्यु को स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा लमही जेसीजका पुर्व अध्यक्ष जेसी हरी बहादुर कुवर, निलसागर आश्रमका प्रेस सम्योजक एबम पत्रकार ओम प्रकाश गुप्ता, एबम आजका कार्यक्रमका प्रमुख अतिथि प्रकाश बिष्ट ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रमकि सभाध्यक्ष एबम लमही जेसीज बर्ष 2020 कि अध्यक्ष जेसी सपना पाण्डेले आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लमही जेसीज बर्ष 2020 का महासचिव जेसी जय प्रकाश पौडेल ले गर्नुभएको थियो ।

JCI News Archive