कोभिड-१९ले पारेको मनोसामाजिक प्रभावलाई केहि मात्रामा भएपनि न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले दाङ महिला जेसीजले साप्ताहिक कार्यक्रम-२०२० अन्तर्गत चौथो दिनको "सामाजिक मनोपरामर्श र मास्क बितरण कार्यक्रम " घरेलु तथा तरकारी बिक्री केन्द्र घोराही-१५ अमृत टोलमा गरेको छ। सो कार्यक्रम घरेलु तथा तरकारी बिक्री केन्द्रका व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरिएको थियो। दाङ महिला जेसीज वर्ष २०२० को अध्यक्ष जेसी जिबा भुसाल ज्यूको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष श्री रमेश कुमार पाण्डे ज्यूको प्रमुख आतिथ्यता, एवम् ब्रम्हकुमारी मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका प्रवक्ता ब्रम्हकुमार माधव तिमल्सिना ज्यूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक श्री लक्ष्मी देवकोटा ज्यूले प्रशिक्षण दिनुभएको थियो। उक्त कार्यक्रममा दाङ महिला जेसिसका निवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यू , विभिन्न मिडियाका पत्रकार ज्यूहरु, विभिन्न संघ संस्थाका व्यक्तित्वहरु, अमृत टोलका अध्यक्ष ज्यू, घरेलु तथा तरकारी बिक्री केन्द्रका अध्यक्ष ज्यू लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि ब्रम्हकुमार माधव तिमल्सिना ज्यु र प्रमुख अतिथि रमेश कुमार पाण्डे ज्युले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।
जेसीजको आस्था पाठ जेसी दिलु मल्लले गर्नुभएको थियो। कार्यक्रम संयोजक जेसी सुजन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुल संयोजक जेसी नारायणी भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थितिलाई जेसी सिन्धु रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव जेसी संगिता गिरीले गर्नुभएको थियो।