जेसीआई त्रिभुवननगरको आयोजनामा मिति २०७७ असोज १७ गते घोराही–१३ मौलाकोट जेसीज ग्राममा बस्ने बालबालिकाहरुका लागि शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गरिएको छ । जेसीआई त्रिभुवननगरका अध्यक्ष जेसी माधव प्रसाद पौडेलको अध्यक्षता तथा वडा प्रहरी कार्यालय दाङका प्रमुख दिनेश रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मौलाकोट जेसीजग्रामका ४९ बालबालिकाहरुलाई शैक्षिक सामग्री र स्वास्थ्य सामग्री वितरण गरिएको कार्यक्रममा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, लमही जेसीज नगर प्रहरी, ट्राफिक प्रहरी, मौलाकोट टोल विकास संस्थाको अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष, मौलाकोटका स्थानीय वासिन्दा तथा जेसीजग्राम निवासी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको थियो । विभिन्न दातृ निकायबाट सहयोग उठाई जेसीजग्राम मौलाकोटका बालबालिकाहरुलाई विद्यालयको शैक्षिक सामग्री, स्वास्थ्य सामग्री ४९ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी २०००।– रुपैयाँ बराबरको सामग्री गरी ९८,०००।– बराबरको सामग्री हस्तान्तरण गरियो हो । कार्यक्रम संयोजक जेसी युवराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव जेसी मिनराजभाटले गर्नुभएको थियो ।