रजहर जेसिज बर्ष २०२० ले आफ्नाे सप्ताह कार्यक्रम बिभिन्न कार्यक्रम गरी मनाएकाे छ। जेसिस हरुले चाडकाे रुपमा लिने गरेकाे जेसिस सप्ताह कार्यक्रम रजहर जेसिसले बिगतका बर्षहरुमा झै यस बर्ष पनि सफलता पुर्वक सम्पन्न गरेकाे छ। सप्ताह कार्यक्रम मा जेसिसका चारै पक्ष समावेश हुने र समाजका बिभिन्न बर्ग र समुदायलाइ लक्षित गरि तयार गरिएकाे छ। रजहर जेसिज काे यस कार्यक्रममा यस क्षेत्रका प्रबुद्ध ब्यक्ति तथा संस्थाहरुले शुभकामना प्रदान गरेका छन्। रजहर जेसिज काे सप्ताह कार्यक्रम काे पुर्व निर्धारित कार्यक्रमहरुमा केहि हेरफेर भएतापनि मिति भने यथावत नै रहेकाे थियाे,
रजहर जेसिजकाे पुर्व अध्यक्ष सम्मान कार्यक्रम , पुर्व अध्यक्ष ज्युहरुकाल समय अनुकुलता नमिलेकाे कारणले केहि समय पछि धकेलिएकाे छ भने उक्त कार्यक्रमकाे स्थानमा अर्काे कार्यक्रम सञ्चालन गरिएकाे थियाे,
मंसिर ९ गते देखि १४ गते सम्म चलेकाे सप्ताह कार्यक्रममा क्रमस:
१.ब्रिक्षाराेपण तथा उद्घाटन कार्यक्रम
२.शेयर बजार अन्तरक्रिया कार्यक्रम
३.खुल्ला टेबलटेनिस प्रतियोगिता
४.बिपन्न परिवार आवास निर्माण सहयोग
५.देवचुलि चुचुरोमा साहित्यिक रचना बाचन कार्यक्रम
६. मन्दिर सरसफाइ कार्यक्रम आदि सम्पन्न भएकाे छ।
जेसिज सप्ताह कार्यक्रम काे मुल संयाेजक जेसि शाेभा मुखिया काेइराला रहनुभएको थियो भने, बिभिन्न छुट्टाछुट्टै कर्यक्रमका फरक फरक कार्यक्रम संयोजक रहनुभएको थियो।