बेलबारी जेसीजको तालिम सप्ताह अन्तर्गत दोश्रो कार्यक्रम पर्यटन स्थल सरसफाई तथा भ्रमण कार्यक्रम

2020-12-09

कार्यक्रमको उदेश्यः नेपाल सरकारले तय गरेको यस वर्षको प्रयर्टन प्रवद्धनका निम्ति नेपाल भ्रमण वर्ष–२०२० लाई नेपाल जेसीजले सफलताका निम्ति सहयात्री भएर पर्यटन प्रवद्धनका निम्ति विभिन्न किसिमका कार्यहरु गर्नै योजना अनुरुप बेलबारी जेसीजले पर्यटन प्रवद्धनका निम्ति एउटा इट्टा थप्ने ।
आवश्यकताः यस बेलबारी नगर भित्र रहेका अधिकाशं प्राकृतिक, धार्मिक एवम् पुरातात्विक पर्यटन क्षेत्रहरुलाई सुचिकिृत गरि यसको सम्भावना, योजना र महत्वका विषयमा अध्ययन गरी आवश्यक योजना बनाउने सम्बन्धित निकायलाई सहयोग गर्नुका साथै यसको प्रचारप्रसार गर्नुपर्ने विशेष आवश्यकता
मितिः २०७६ माघ १२ गते आईतबार
स्थानः रमिते पर्यटकीय क्षेत्र, बेतना सिमसार र ऐतिहासिक धनपाल गढी
समयः विहान १० बजेदेखि ४ बजेसम्म
कार्यक्रमको संक्षिप्त विवरणः
नेपाल सरकारको भ्रमण वर्ष–२०२० लाई सार्थक पार्न तथा नेपाल जेसीजको अभियान समेतलाई साकार पारी स्थानीय स्तरमा रहेका पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्ने उदेश्यले बेलबारी जेसीजको तालिम सप्ताह अन्तर्गतको तेस्रो कार्यक्रम च्भकभबचअज यल त्यगचष्कm क्ष्तभक या द्यभदिबचष् ायच खष्कष्त ल्भउब(िद्दण्द्दण् मिति २०७६ माघ १२ गते आईतबार बेलबारी नगरपालिका भित्रका ३ मुख्य पर्यटकिय स्थल क्रमशः बेलबारी न.पा. वडा नं. २ मा रहेको रमिते पर्यटकीय क्षेत्र, प्रदेश नं. १ को प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुदै गरेको बेलबारी–४ मा अवस्थित बेतना सिमसार क्षेत्र तथा नेपाल सरकारद्धारा सुचिकृत १०० वटा घुम्नेपर्ने गन्तव्यहरुमध्ये मोरङ जिल्लाबाट एक मात्र पर्न सफल ऐतिहासिक एवम् पुरातात्विमक महत्व बोकेको धनपाल राजाको दरबार ऐतिहासिक धनपाल गढी क्षेत्र अनुसन्धान, अवलोकन तथा अन्तरक्रिया गरि सम्पन्न भयो ।
  बेलबारी जेसीजको टोली पर्यटकीय स्थलमै उपस्थित भई अध्ययन, अवलोकन गर्नुका साथै ती क्षेत्रहरुको विशेषता, भावी योजनाहरु, ऐतिहासिक पृष्ठभुमि साथै पर्यटकिय संभाव्यताको समेत जानकारी संकलन गरिएको थियो । संकलित तथ्य तथा पर्यटकीय क्षेत्रहरुको समग्र जानकारी स्थानीय स्तरमा रेडीयो, पत्रपत्रीका तथा अनलाईन समाचारका माध्यमबाट समेत प्रकाशन, प्रसारण गरिएको थियो ।
  उक्त कार्यक्रमका संयोजक बेलबारी जेसीज वर्ष–२०२० का भ्रमण संयोजक विजय सुवेदी, मुल कार्यक्रम संयोजक बेलबारी जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी ऐश्वर्य प्रसाद आचार्य (विपिन) रहनुभएको थियो । उक्त कार्यक्रममा ३ वटै पर्यटकिय स्थलका सरोकारवालाहरु, प्रतिनिधीहरु, जनप्रतिनिधिहरु ल्गायतको पर्यटकीय स्थलहरुको बारेमा बोल्नु भएको थियो ।
  साथै बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष राजेश खत्रीले कार्यक्रमको औचित्य तथा महत्व माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण बेलबारी जेसीज वर्ष २०२० का महासचिव भुवन कार्कीले गर्नुभएको थियो ।



JCI News Archive