चौथौं तालिम अन्तर्गत
मेरो देश म आफै बनाउँछु
विषयक तालिम
कार्यक्रमको उदेश्यः नेपाल राष्ट्रिय जेसीजका अभियानका निम्ति तयार गरिएको वाक्याशं मेरो देश म आफै बनाउछु भन्ने मुल मर्मअनुसार हरेक युवायुवतीहरुलाई मेरो देश म आफैं बनाउछु भन्ने भावना जागृत गरी देशप्रतिको प्रेम विकास गराउँदै सम्रग राष्ट्रको उन्नति तथा प्रगतीमा हातेमाले गर्न जागरुक बनाउने
आवश्यकताः जेसीजको मुल मर्म र भावना अनुरुप निश्चित उमेर समूहका व्यक्तिहरुलाई एकिकृत गरि तालिम सञ्चालन गर्दा जेसीज प्रतिको माया र जेसीजमा सम्भावित युवाहरुलाई आकर्षण गर्नुका साथै वर्तमान समय र परिस्थिितिजन्य आवश्यकतालाई महशुश गरिएको ।
मितिः २०७६ माघ १४ गते मंगलबार
समयः विहान ७ बजेदेखि ११ बजेसम्म
स्थानः बेलबारी उद्योग वाणिज्य संघ, बेलबारी– १
प्रमुख अतिथिः बेलबारी न.पा.का उप–प्रमुख श्री ढाकाकुमारी पराजुली
वक्ताहरुः
क.बेलबारी न.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप शाह
ख.नेपाल जेसीज वर्ष २०२० एरिया ए का तालिम निर्देशक जेसी सेवक बजगाँई
ग. नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर श्यामसुन्दर पौडेल (मिलन)
कार्यक्रमको उपलब्धिः
क.यस शिर्षकका अधिकाशं वक्ताहरुले बेलबारी जेसीजले प्रथम पटक नेपाल जेसीजले अभियानका निम्ति तय गरिएको कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरिएको ।
ख. सहभागी युवाहरु निकै उत्साहित र समय सन्दर्भ अनुसारको शिर्षकको बारेमा प्रशिक्षण गरिएको ।
ग. सहभागीले कार्यक्रमको मर्मलाई आत्मसाथ गरेको
कार्यक्रमको संक्षिप्त विवरणः
मनुष्यको बन्धुत्व भावना, राष्ट्रहरको प्रभुसत्तादेखि सर्वोपरि छ भन्ने जेसीजको मूल मर्मलाई सार्थक तुल्याउन बेलबारी जेसीजले तालिम सप्ताह अन्तर्गतको चौथों कार्यक्रम बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजेश खत्रीको सभापतित्वमा २०७६ माघ १४ गते मंगलबारका दिन उद्योग वाणिज्य संघ, बेलबारीको सभाहलमा विहान ७ः०० बजेदेखि बेलबारी न.पा.का उप–प्रमुख श्री ढाकाकुमारी पराजुली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पहिलो खण्डको औपचारिक कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख, रेडीयो बेतनाका अध्यक्ष, मातृशाखा इन्द्रपुरका अध्यक्ष, बेतना राष्ट्रिय दैनिकका संम्पादक, बेलबारी कार्यपालिकाको सदस्य विन्दुकला गुरुङ, यलम्बर ई. स्कुलका प्रिन्सिपल प्रकाश भट्टराई लगायत अन्य संघसंस्थाका अध्यक्ष एवम् २०० जना भन्दा वढी विद्यार्थीहरुकोको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजक बेलबारी जेसीज वर्ष २०२० का उपाध्यक्ष जेसी विराज न्यौपाने, कार्यक्रम सञ्चालक महासचिव रहनुभएको थियो भने मुल कार्यक्रम संयोजक बेलबारी जेसीज वर्ष २०२० का का. उपाध्यक्ष जेसी ऐश्वर्य प्रसाद आचार्य (विपिन) रहनुभएको थियो । अत्यन्त सौहार्दपूर्ण वातावरण भएको कार्यक्रममा उल्लेखित वक्ताहरुले कार्यक्रम अनुरुप आफ्नो भनाई राख्नुभएको थियो । युवायुवतीलाई राष्ट्रको विकासका निम्ति अग्रसर हुन अभिप्रेरित गर्दै देशका निम्ति उनिहरुको आवश्यकता र क्षमताको महत्वबारे जानकारी गराईएको थियो ।
नेपाल राष्ट्र जेसीजको समेत मुल मर्मलाई आत्मसाथ गर्दै विदेशिने नेपालीहरुलाई नेपालमा नै केही गर्नुपर्छ र देशको उन्नति र प्रगतिमा टेवा पु¥याउनु पर्छ भन्ने नै यस कार्यक्रमको मुख्य योजना रहेको थियो ।
त्यसपछि वक्ताहरुले आफ्नो भनाई राखिसकेपछि कार्यक्रम समापन भएको थियो ।