बेलबारी जेसीजको केरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम

2020-12-09

बेलबारी जेसीजको केरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम
आज मिति २०७६ साल चैत्र ५ गते बुधबारका दिन बेलबारी जेसिजले बिश्वब्यापी रुपमा महामारीको रुप लिईरहेको कोरोना संक्रमणबाट बच्न अभियान शुरु गरेको छ । कोरोना सम्बन्धि जानकारी र बच्ने उपाय सहितको जनकारी मुलक फ्लेक्स बोर्ड तयारी पारी बुधबार दिउँसो ३ बजे बेलबारी जेसिजले सबै अटो रिक्सा र सिटी सफारीमा टाँस गरेको छ । बेलबारी २ थापाचौकमा रिक्सा र सफारीलाई भेला पारी सो पर्चा टाँस गरिएको थियो।साथै बेलबारीका सार्बजनिक स्थलहरुमा समेत पर्चा टाँस गरियो । सभा,सम्मेलन र भेला गर्न सरकारले नै रोक लगाएको अबस्थामा जनचेतनामुलक कार्यक्रम गर्न नसिकएपनि जनचेतनाका लागि पर्चा टास्नेन कार्यक्रम अघि बढाएको हो । बुधबार मात्र ३ सय बढी पर्चा टाास गरियो ।उक्त कार्यक्रमको उत्घाटन बेलबारी नगरपालिका वडा न।२ का वडा अध्यक्ष घनश्याम गौतमले गर्नु भएको थियो।साथै विद्युतीय रिक्सा चालक तथा तिनमा सवार सर्बसाधरण समेतलाइ लक्षित गरि उक्त दिननै मास्क समेत बितरण गरियो।।




JCI News Archive