पोखरा लेडी जेसीजले २०७७/१०/१६ तदनुसार जनवरी २९ गते मानब सेवा आश्रम माआश्रित मानसिक असन्तुलन भएका सडक का नागरिक हरुलाई उद्धार गरदै आएको सस्था मानब सेवा आश्रम माआश्रित अन्य बेक्ति हरुलाई न्यानो कपडा अत्यावश्यक सामग्री,दैनिक उपभोग्य सामान वितरण कार्य सम्पन्न भएको छ।उक्त कार्यक्रम का सभाअध्यक्ष पोखरा लेडी जेसिज वर्ष २०२१ का अध्यक्ष जे सी कमला शर्मा कँडेल (बिनिता ) रहनु भएको थियो भने उक्त कार्यक्रम मा अतिथि मानब सेवा आश्रम का अविभावक संघ संयोजक सुष्मा पौडेल ज्यू, पोखरा शाखा संयोजक राजन सापकोटा , आश्रम व्यवस्थापक समिति संयोजक उषा गोशली ज्यू, पोखरा लेडी जेसीजको पूर्व अध्यक्ष तथा वर्ष२०२१ की कानुनी सलाहकार जे सि सपना गिरी ज्यू , लेडी जेसीज का सदस्य हरु को उपस्थिति रहेको थियो भने कार्यक्रम को समुद्घटान दीपप्र्जवलन बाट भयो, उक्त कार्यक्रम सामूहिक अस्था पाठ गरिएको थियो। कार्यकर्म काे संयोजक जे सी शुभद्रा बराल ज्यूले सम्पूर्ण लाइ स्वागत गर्नु भएको थियो। सुभकामना मन्तव्य मानब सेवा आश्रम का अविभावक संघ संयोजक सुस्मा पाैडेल ज्यू, पुर्व अध्यक्ष सपना गिरि ज्यू ले राख्नु भएको थियो। अतिथि सुष्मा पाैडेल ज्यू ले ठुलो मन लिएर आश्रम मा सहयोग गर्ने यस्तो उत्कृष्ट मानबताकाे सेवा मा सहयोग गर्ने पोखरा लेडी जेसीज लाई धन्यबाद दिनुु भएको थियो उक्त आश्रम मा करिब ९० जना नागरिक आश्रित रहनू भएको थियो । कार्यक्रम को संचालन पोखरा लेडी जेसीज का सचिव जे सी सुमित्रा कोइराला ज्यू ले गर्नु भएको थियो। उक्त दिनमा साँझ सहीद दिवस को अवसर पारेर सहीद पार्क मा संपूर्ण सहीद हरुको स्मरण गर्दै दीप प्रजज्वलन कार्यकम पनि सपन्न भएको थियो
।