गीतानगर जेसीजले सिद्धेश्वर टोल विकास संस्थामा वृक्षारोपण सम्पन्न

2021-01-31

“हरियो बन नेपालको धन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गीतानगर जेसीजले आज सिद्धेश्वर टोल विकास संस्था भरतपुर ६ मा वृक्षारोपण गरेको छ। गीतानगर जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभाकर पौडेल संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रम सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष सुर्यप्रसाद शर्मा प्रमुख अतिथी रहनु भएको थियो।सो वृक्षारोपण कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सोही कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी शर्माले समाजलाई स्वच्छ र हराभरा राख्न गीतानगर जेसीजले आफ्नो टोलमा गरेको वृक्षारोपणले आफु अत्यन्तै खुसी भएको बताउदै यस्तै पाठ अन्य विभिन्न संघसंस्थाले पनि सिक्न जरुरी रहेको बताउदै वृक्षारोपणले प्राकृतिक प्रकोप पनि रोक्न मद्दत पुर्याउने बताउनुभयो। सो वृक्षारोपणमा गीतानगर जेसीजका पदाधिकारी संगै सिद्धेश्वर टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे।उक्त वृक्षारोपणमा बिभिन्न प्रजातिका २०० बिरुवाहरु वृक्षारोपण गरेको छ।

JCI News Archive